PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महिला भलिबलमा रिड मोडलको अग्रता



पहिलोपोस्ट

काठमाडौँ : बाह्रौँ ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सकिदा रिड मोडल कलेजले अग्रता बनाएको छ ।

स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले गोङबु नयाँ बसपार्कको भलिबल ग्राउण्डमा भएका दुवै खेलमा सफलता हात पार्दै नौ खेलबाट २७ अङ्क जोडेको छ । आफ्नो अपराजित यात्रालाई कायम राख्दै रिड मोडलले नेपाल आर्मी र आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई समान ३–० को सोझो सेटमा हरायो । 

पहिलो खेलमा आयोजक ढोरपाटनलाई २५–४, २५–१६ र २५–१० तथा आर्मीलाई २५–११, २५–९ र २५–१६ को सेटमा पराजित ग¥यो । हारसँगै आर्मी र ढोरपाटन लिगको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आर्मी नौ खेलबाट १२ अङ्क जोड्दै छैटौँ स्थानमा रहँदै लिगको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । त्यसैगरी, ढोरपाटन नौ खेलबाट आठ अङ्क जोड्दै सातौँ स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।

पहिलो लिगको अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) नौ खेलबाट २४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहन सफल भएको छ । एपिएफले न्यू डायमन्डमाथि २५–२०, २५–१८ र २५–१२ को जित निकाल्यो । हारसँगै न्यू डायमन्ड नौ खेलबाट २१ अङ्कका साथ तेस्रो स्थान छ ।

सोमबार भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लब रामेछापको चन्डेश्वरी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको चौथो स्थानमा रहन सफल भयो । पुलिसले चन्डेश्वरीलाई २५–८, २५–१७ र २५–११ को सेटमा पराजित ग¥यो । पुलिसले नौ खेलबाट १८ अङ्क जोडेको छ । पश्चिमाञ्चल टिम आफूले खेलेका नौ खेलमध्ये पाँचमा जित तथा चार खेलमा हार बेहोर्दै १५ अङ्कका साथ पाँचौ स्थानमा छ ।    

आठौँ स्थानमा रहेको चन्डेश्वरी, नवौँ स्थान हासिल गर्न सफल न्यु डायमन्ड स्पोर्टस् क्लब र अन्तिम स्थानमा रहेको विजेश्वरी ज्ञान मन्दिर स्कुल पहिलो चरणको लिगबाटै बाहिरिएका छन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell