PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

युएइ पुगेका प्रधानमन्त्रीले जलविद्युतमा लगानी गर्न उद्योगीलाई हौस्याए



पहिलोपोस्ट

युएइ पुगेका प्रधानमन्त्रीले जलविद्युतमा लगानी गर्न उद्योगीलाई हौस्याए

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपाल सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताएका थिए।

प्नधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार उनले नेपालमा एक सय पाँच वर्ष पहिले विद्युत् उत्पादन सुरु गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले सो समयमा विश्वका कम मात्रै मुलुकमा विद्युत् उत्पादन सुरु नभएको बताए। नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भए पनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए।

नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको र त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएकाले लगानी बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

आफ्नो नेतृत्वको सरकार गठन हुनु अगाडि वर्षांैदेखि दैनिक १२ देखि १६ घन्टा विद्युत् कटौती हुने गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले आपूर्ति प्रणाली सुदृढ गरी हाल विद्युत्भार कटौती पूर्ण रुपले हटाउन सफल भएको दावी गरे । 

नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आदिको प्रचुर स्रोतको उपयोग, परिचालन गरिए समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल सक्षम हुने उनले दावी गरे । 

सन् २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यमस्तरको विकसित राष्ट्र बनाउन जलविद्युत् क्षेत्रको विकासमा जोड दिइएको बताउँदै उनले सन् २०४० सम्म २५ हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने औँल्याए।

विद्युत् वितरण र प्रसारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त सम्भावना रहेकामा जोड दिँदै सरकारले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेको र गत वर्ष राष्ट्रिय ऊर्जा सङ्कटकालीन कार्ययोजना लागू गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्रीले आगामी फागुन १९ र २० गते नेपालमा आयोजना गरिने लगानी सम्मेलनमा भाग लिन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत गरे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell