PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रहरी र सेना भिड्ने



पहिलोपोस्ट

रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रहरी र सेना भिड्ने

काठमाडौं :  नेपाल प्रहरी र नेपाली सेना दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। प्रहरीले सेमिफाइनलमा बुटवलको न्यु होराइजनलाई र सेनाले धनगढीको एसपिएलाई हराएको हो।
 
प्रहरीले ७ विकेटले न्यु होराइजनलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सेना ७० रनले एसपिएलाई हराएको हो।
 
पहिलो सेमिफाइनलमा न्यु होराइजनले २० ओभरमा ८२ रन बनाएको थियो। होराइजनका लागि कृष्ण कार्कीले सबैभन्दा धेरै २५ रन बनाएका थिए। शंकर रानाले १६ रन बनाए । अन्य ब्याट्सम्यान त्यति जम्न सकेनन्।
 
प्रतिउत्तरमा मैदानमा उत्रिएको १७ दशमलव ४ ओभर मै आफ्नो लक्ष भेट्टाएको थियो। उसले लक्षमा पुग्न ३ विकेट गुमाएर १७ दशमलव ४ ओभरमा ८८ रन बनायो । प्रहरीका लागी सुनिल धमलाले सर्वाधिक ३६ रन बनाएका थिए।
 
दोस्रो खेलमा ब्याटिङ गर्न मैदाना उत्रिएको सेनाले एसपिएलाई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ को लक्ष दियो। सेनाको टिमका लागि सागर पुनले ७५ रन बनाएका थिए।
 
सेनाको चुनौती सामना गर्न मैंदानमा उत्रिएको एसपिएले पुरै ओभर खेल्दा १ सय १७ रन मात्रै बनाउनसक्यो र पराजित भयो। एसपिएका लागि विजय रानाले सबैभन्दा धेरै ३८ रन बनाएका थिए।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell