PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारत उत्तरप्रदेश राजनीति : छोराको लोकप्रियताको अगाडि बाबुको केही चलेन, चुनावचिन्ह साइकल छोराले पाए



पहिलोपोस्ट

भारत उत्तरप्रदेश राजनीति : छोराको लोकप्रियताको अगाडि बाबुको केही चलेन, चुनावचिन्ह साइकल छोराले पाए

भारतको उत्तर प्रदेशको समाजवादी पार्टीमा जारी बाबु-छोराविचको राजनीतिक लडाइमा निर्वाचन आयोगले छोरा अखिलेश यादवलाई विजेता बनाएको छ।

पार्टीको नाम र चुनाव चिन्ह साइकलबारे जारी विवाद आयोगमा पुगेपछि आयोगले पार्टी र चुनाव चिन्ह उत्तरप्रदेशका मुख्यमन्त्री समेत रहेका अखिलेशको हुने आदेश दिएको हो।

आगामि निर्वाचनमा उम्मेदवार तोक्ने विषयमा शुरु भएको पारिवारिक विवाद बढ्दा पार्टी अध्यक्ष मुलायमसिंह यादव र मुख्यमन्त्री अखिलेशविच कटुता बढेको थियो।

मुलायमले आफ्नै छोरा समेत रहेका अखिलेशलाई पार्टीबाट निकाल्ने निर्णय गरे पनि पार्टीका अधिकांश सांसद अखिलेशकोपक्षमा उभिएपछि निर्णय खारेज गर्दै अखिलेशमाथीको कारवाही फिर्ता लिए पनि यसले पार्टीमा जारी विवाद समाधान हुन सकेन।

अखिलेशले पार्टी अधिवेशन राखेर बाबु मुलायमलाई राष्ट्रिय अध्यक्षबाट हटाउँदै आफैलाई अध्यक्ष घोषणा गरेपछी विवाद चुनाव आयकोगमा पुगेको थियो । विविसिहिन्दीका अनुसार समर्थकको आधारमा आयोगले पार्टीको नाम र चुनावचिन्ह अखिलेशको हुने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै समाजवादी पार्टीमा जारी विवाद समाधानको साटो थप बढ्ने  देखिन्छ। विविसिहिन्दीका सञ्चारकर्मी अंबिकानंद सहायको विश्लेषणमा आयोगले अखिलेशलाई साइकल चुनाव चिन्ह दिनु पार्टीको समर्थन अखिलेशको पक्षमा रहेको संकेत हो।


उनका अनुसार पार्टीका अधिकांश उत्तरप्रदेशको राजनीतिमा समाजवादी पार्टीको मुहार अखिलेश हुन् भन्नेमा सहमत छन्। यदी चुनाव चिन्ह साइकल नपाएमा के गर्ने भन्नेमा अखिलेशले तयारी समेत गरिसकेका थिए। उनी र उनका काका रामगोपाल बर्माले चुनाव चिन्ह साइकल नपाए के गर्ने र कुन चुनाव चिन्ह माग गर्ने भन्ने योजना समेत बनाइसकेका थिए।

यदी मुलायमले चुनावचिन्ह पाएका भए पनि उनको पक्षमा एक जना भाई र एक साथी बाहेक अरु देखिएका थिएनन्। पार्टीको ९० प्रतिशत  समर्थन अखिलेशमा देखिएको थियो।यो निर्णयले पार्टीमा जे देखिएको थियो त्यसमा निर्वाचन आयोगबाट समेत मान्यता मिलेको छ। पार्टी संस्थापक मुलायमको हातबाट पार्टी फुत्किसक्यो । अब उनले यो स्विकार गर्नुनै राम्रो हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell