PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१२ फोटोमा हेर्नुस् राष्ट्रपति निवासमा बिहेको चटारो

१२ फोटोमा हेर्नुस् राष्ट्रपति निवासमा बिहेको चटारो


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भए। मध्याह्न १२ बजेर ३५ मिनेटमा उनी बा ४ च ३८०७ नम्बरको टोयोटा गाडी चढेर शितल निवास पुगे। 

विवाहमा सहभागी पत्रकार किशोर श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्रले वरवधु दुवैलाई फूलको गुच्छा दिएर शुभकामना दिएका थिए। शुभकामना दिएपछि राष्ट्रपति भण्डारी र पूर्वराजा शाहबीच करिब दुई मिनेट कुराकानी भएको थियो।

राष्ट्रपतिसँगको कुराकानीपछि पूर्वराजा शाह बसेकै टेबलमा पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापासँगै बसेका थिए। उनीहरु बीच पनि छोटो कुराकानी भएको थियो। 

पूर्वराजा शाह दिउँसो करिब १ बजेतिर राष्ट्रपति भवनबाट बाहिरिएका दिए। 

विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजन बाबुराम भट्टराई, प्रधानन्याधीश सुशीला कार्की, एमाले उपाध्यक्ष वामदेव गौतम, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत शीतल निवास पुगे। चित्रबहादुर केसी भने हिँडेरै गएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell