PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थानेश्वर- सुवासको शृंगारमा सजिए वर्षा र वेनिशा



पहिलोपोस्ट

काठमाडौं : दिनप्रतिदिन बजारमा नयाँ गीत आइरहेको बेला पृथक धारको एल्वम ‘श्रृंगार’ले नेपाली गीत संगीतको पारखीहरुलाई आकर्षण गरेको छ।
 
एल्वम सार्वजनिक भएसँगै हिमाल हल्लाउन सक्छु र तिम्रो कम्मर कति छ मैया बोलको गीतले चर्चा बटुल्न थालेको हो। तिम्रो कम्मरलाई पछिल्लो समय चर्चामा रहेका गायक थानेश्वर गौतम र अमेरिकालाई कर्मथलो बनाउँदै आएका सुवास पुरीको गाएका छन् भने प्रभाको शब्द रहेको हिमाल हल्लाउन सक्छुलाई सुवास र सरु गौतम संयुक्त रुपमा गाएका छन्।
 
लामो समय अमेरिकामा रहदै आएका सुवासले ६ गीत समावेश गरेर उक्त एल्बम बजारमा ल्याएका हुन्। सानैदेखि गीतसंगीतमा रुची राख्ने तर, बाध्यताले विदेशीएका सुवासले सार्वजनिक गरेको श्रृंगारमा म आउँछु, ए डल्ली, म त हिँड्छु र जाली रुमाल बोलको गीतमा स्वर दिएका छन्। यतिसम्मकी सुवासले नेपालमा रहेका थानेश्वरसँग अनलाइनबाटै नियमित भोकल क्लास लिइरहेका छन्। एल्बममा थानेश्वरको एकल संगीत रहेको छ।
 
तिम्रो कम्मर र हिमाल हल्लाउन सक्छुको बजारमा चर्चा हुन थालेपछि आफूहरुले उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरेको सुवासले जानकारी दिए। उक्त भिडियोमा वर्षा शिवाकोटी, बेनिशा हमाल, गम्भीर विष्ट र निराजन प्रधानले मोलिङ गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell