PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म बनिसक्नुअघि नै दुई फिल्म अस्ट्रेलियाका लागि बेचियो



पहिलोपोस्ट

फिल्म बनिसक्नुअघि नै दुई फिल्म अस्ट्रेलियाका लागि बेचियो

काठमाडौं : फिल्म 'ह्याप्पी डेज' र 'ब्लाइन्ड रक्स' अस्ट्रेलिया प्रदर्शनको लागि बिक्री भएको छ। फिल्म निर्माण प्रक्रिया सकिनुअघि नै यी दुई फिल्म बिक्री भएका हुन्।

फिल्म निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टले फिल्मको अस्ट्रेलिया राइट्स अस्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टलाई दिएको हो।

फिल्म ह्याप्पी डेजको भर्खरै लनडनमा सुटिङको सक्किएको छ। ब्लाइन्ड रक्स भने फ्लोरमा निस्कन पनि बाँकी छ।

पोस्ट प्रोडक्शनको काम भैरहेको फिल्म ह्याप्पी डेजमा कलाकार प्रियंका कार्की, दयाहाङ राई र संजय गुप्ताको मुख्य भूमिका रहेको छ। फिल्ममा विदेशी आइडी मोह र त्रिकोणात्मक प्रेम कथा देखाइने बताइयो। फिल्म ब्लाइन्ड रक्स भने बायो पिक हो।

निर्माता मिलन चाम्सका अनुसार अस्ट्रेलियामा फिल्म ह्याप्पी डेज आउँदो अगस्टमा प्रदर्शन हुनेछ भने ब्लाइन्ड रक्सको प्रदर्शन निश्चित भएको छैन।

यसअघि चाम्स इन्टरटेनमेन्टकै फिल्म वीर बिक्रमलाई पनि नमस्ते इन्टरटेनमेन्टले किनेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell