PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विद्युत प्रसारण-वितरणका लागि पाँचथर पावर कम्पनी र स्थानीयवासीबीच सातबुँदे सहमति



रासस

पाँचथर : पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ।
 
पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो। छलफलबाट कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने सहमति भएको छ।
 
त्यस्तै कम्पनीले मानेटारदेखि खुङ्खोला सम्मका लागि ६ वटा ११ मिटरका पोलसहित नगद रु २० हजार उपलब्ध गराउने, पच्चिसे खानेपानीलाई आठ सय मिटर पोलेथिनपाइप, चिलिङ्देन खानेपानीलाई एक हजार पाँच सय मिटर प्लास्टिक पाइप उपलब्ध गराउने सहमति भएको छ।
 
यसैगरी कम्पनीले सो क्षेत्रका विभिन्न विकासका कार्यमा समेत आर्थिक तथा भौतिक सहयोग गर्ने सहमति भएको जनाइएको छ। छलफलमा कम्पनी र असन्तुष्ट पक्षका प्रतिनिधिसँगै जिल्लास्थित राजनीतिक दल र सरोकारवालाको समेत सहभागिता रहेको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मित्र प्रसाद काफ्लेले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell