PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार



पहिलोपोस्ट

दमौली : छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन्। महोत्सवमा रु तीन करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। 

महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताए। 

महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले समापन गरे। समापन कार्यक्रममा मन्त्री भण्डारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महोत्सवले टेवा पु¥याउने बताए। ‘स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पु¥याउँछ’, मन्त्री भण्डारीले भने। 

महोत्सवका संयोजक कृष्णराज पण्डित, प्रवक्ता ईश्वर विष्ट, महासचिव वैकुण्ठनाथ मिश्र, तनहुँ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष देवकुमार श्रेष्ठले महोत्सवले आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा टेवा मिल्ने धारणा व्ययक्त गरे। 

मादी र सेती नदीमा जलविहार, सरकारी कार्यालयबाट दिइने सेवा र सुविधासम्बन्धी स्टल, रमाइलो मेला, कृषि, बाल मेला, सुन्तला, मास आदि प्रर्दशनी महोत्सवको आकर्षण रहेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell