PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्मफेयरमा आमिर खानको दङ्गललाई तीन प्रमुख अवार्ड



फिल्मफेयरमा आमिर खानको दङ्गललाई तीन प्रमुख अवार्ड

भारतको प्रतिष्ठित फिल्म अवार्ड 'फिल्मफेयर २०१७' मा आमिर खानले खेलेको एवं निर्माता रहेको फिल्म दंगलले तीन महत्वपूर्ण अवार्ड हात पार्‍यो। 

दंगलमा महावीर सिंह फोगाटको भूमिकामा देखिएका बलिउड स्टार आमिर खान उत्कृष्ट नायक, नितेश तिवारी उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्म घोषित भए।

अभिनेत्रीतर्फ भने आलिया भट्टले अवार्ड आफ्नो बनाइन्। दुई सफल फिल्म 'उड्ता पंजाब' र 'डियर जिन्दगी'बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी उनी 'डियर जिन्दगी'बाट उत्कृष्ट घोषित भएकी हुन्। 

फिल्म 'निरजा'मा निरजाको भूमिका निभाएकी सोनम कपूर क्रिटक्शको नजरमा उत्कृष्ट ठहरिइन्। 

फिल्मफेयर क्रिटिक्स चोइस मार्फत शाहिद कपूर उडता पंजाब र मनोज वाजपेयी अलीगढबाट उत्कृष्ट अभिनेता मानिए । 

फिल्मफेयरको यो ६२ औं संस्करण हो।  

अरु अवार्ड

  • सर्वश्रेष्ठ सहायक अभिनेता: ऋषि कपूर (कपूर ऐंड संस, सिंस 1921)
  • सर्वश्रेष्ठ सहायक अभिनेत्री: शबाना आज़मी (नीरजा)
  • फिल्मफेयर लाइफ टाइम अचीवमेंट अवॉर्ड: शत्रुघ्न सिन्हा
  • सर्वश्रेष्ठ संगीत: प्रीतम (ऐ दिल है मुश्किल)
  • बेस्ट प्लेबैक सिंगर (पुरुष स्वर): अरिजीत सिंह (टाइटल गीत: ऐ दिल है मुश्किल)
  • बेस्ट प्लेबैक सिंगर (महिला स्वर): नेहा भसीन (जग घूमेया- सुल्तान)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell