PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​दोस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल मंगलबारबाट



पहिलोपोस्ट

काठमाडौं : दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ। आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो।

सदरमुकाम मन्थलीमा आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा विभिन्न क्षेत्रका १६ भन्दा बढि टोलीको सहभागीता रहने आयोजक जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुशोत्तम कडरीयाले जानकारी दिए। जसमा पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबाट समेत टोली सहभागी हुने उनले जानकारी दिए। 

उनका अनुसार यस पटक नगद पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ। यस पटक प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार प्राप्त गर्ने छ। यस्तै दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार तथा चौथो हुनेले ३० हजार प्राप्त गर्ने छन्। 

पहिलो संस्करणको विजेताले ५१ हजार पाँच सय, दोस्रोले ३१ हजार पाँच सय, तेस्रोले २१ हजार पाँच सय तथा चौथोले १० हजार पाँच सय प्राप्त गरेका थिए। यससँगै यो प्रतियोगिता जिल्लाकै सर्बाधिक पुरस्कार राशिीको प्रतियोगिता बनेको छ। 

यसअघि सैपु गाविसको नमुनादीप युवा क्लबले आयोजना गर्ने नमुनादीप भलिबल प्रतियोगिता सर्बाधिक पुरस्कार राशिीको प्रतियोगिता थियो। जसको विजेता टोलीले एक लाख तथा उप विजेताले ५० हजार प्राप्त गर्थे।

आयोजक जिल्ला खेलकुद विकास समितीका अनुसार प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा तीन भन्दा बढि विभागीय टोलीमा रहेका खेलाडीलाई खेलाउन पाउने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell