PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काभ्रेको गुर्दुमडाँडामा प्याराग्लाइडिङको परीक्षण, सरकारी प्रक्रियापछि नियमित उडान



रासस

काभ्रेको गुर्दुमडाँडामा प्याराग्लाइडिङको परीक्षण, सरकारी प्रक्रियापछि नियमित उडान

बनेपा : पर्यटन उद्योगका लागि उर्वर मानिने काभ्रेपलाञ्चोकमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ।
 
कुशादेवी र रयाले क्षेत्रमा पर्ने गुर्दुमडाँडामा कुशादेवी सरोकार समाजको पहलमा शनिबार परीक्षण उडान भएको हो। प्याराग्लाइडर लाक्पा दोर्जे शेर्पाले गत बिहीबार सो क्षेत्रमा एक्सट्रिम साइक्लिङ र्‍याली गरेपछि पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए।

फुल्चोकी नजिक भएको सो ठाउँबाट पूर्वमा कञ्चनजङ्घा र पश्चिममा माछापुच्छ्रे  हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा प्याराग्लाइडिङको सम्भावना देखेका अधिकारीको भनाइ छ। प्याराग्लाइडिङको नमुना परीक्षणमा तीन वटा उडान गरिएको थियो। गुर्दुमडाँडाबाट भएको प्याराग्लाइडिङ उडान कुशादेवी बजार नजिक उतारिएको थियो।
 
फुल्चोकी क्षेत्रमा हाइकिङका लागि सरकारले रु २० लाख बजेट छुट्याएको छ। सरकारी प्रक्रिया पूरा गरेको केही समयपछि प्याराग्लाइडिङको नियमित उडान हुने अधिकारीले बताए। फोटो : काभ्रे केन्द्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell