PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रुस्लान कप क्रिकेट : शंकर रानाको शतकमा न्यु होराइजन क्वाटरफाइनलमा, एसपिए पनि अन्तिम आठमा



पहिलोपोस्ट

रुस्लान कप क्रिकेट : शंकर रानाको शतकमा न्यु होराइजन क्वाटरफाइनलमा, एसपिए पनि अन्तिम आठमा

काठमाडौं : शंकर रानाको शानदार शतकको मद्वतमा कुलेश्वर क्रिकेट क्लबलाई पराजित गर्दै बुटवलको न्यु होराइजन क्रिकेट क्लब रुस्लान कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शंकरले नटआउट ११५ रन बनाएपछि न्यु होराइजनले कुलेश्वर क्लबलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यस्तै अर्को खेलमा वीरगन्जको अनुभूती एजुकेशन फाउण्डेसनलाई पराजित गर्दै धनगढीको एसपिए पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एसपिएले अनुभूतीलाई ५ विकेटले पराजित गरेको हो। एसपिएले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अनुभूतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रन बनायो। उसका लागि नसरुद्धिन अन्सारीले २९, सोनु अन्सारीले २० तथा अक्युव अली अन्सारीले १८ रन बनाए भने सम्सद अनसारी १० रनमा नटआउट रहे। बलिङतर्फ एसपिएका विक्रम ठगुन्नाले ३ तथा महेश अधिकारी र अमित पौडेलले समान २ विकेट लिए। 

अनुभूतीले दिएको १०३ रनको लक्ष्य एसपिएले १८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा राजविर सिंहले नटआउट ३३ रनको योगदान गरे। यस्तै रोमन बामले २१ तथा सन्दीप धामीले १६ रन जोडे। एसपिएले क्वाटरफाइनलमा आयोजक केसीटीसीसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै त्रिविमै भएको शनिबारको दोस्रो खेलमा कुलेश्वर विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको न्यु होराइजनले शंकर रानाको शतक मद्वतमा २ विकेट गुमाउँदै १९९ रनको उच्च स्कोर खडा गरेको थियो। जारी प्रतियोगिताको पहिलो शतक प्रहार गर्ने क्रममा शंकरले ७१ बल खेल्दै १४ चौका र ४ छक्काको मद्वतमा नटआउट ११४ रन बनाए। यस्तै निर्मल थापाले ३९ तथा नुरधवज शेनले १६ रन जोडे भने प्रकाश केसी १३ रनमा नटआउट रहे। न्यु होराइजनको दुवै विकेट कुलेश्वरका रमेश क्षेत्रीले दिए।

जवाफमा २ सय रनको लक्ष्य पछ्याएको कुलेश्वरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। कुलेश्वरका लागि रमेश क्षेत्रीले २४ रन बनाउनु बाहेक अनय खेलाडीले दोहोरो अंक छुन सकेनन्।  उसलाई कम स्कोरमा रोकन न्यु होराइजनका विशाल सुनारले ३ तथा विक्रम भुसालले २ विकेट लिए। 

न्यु होराइजनले अब क्वाटरफाइनलमा नेपाली राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। शरद भेषावकर नेतृत्वको राइनोजले पारस खड्काको कप्तानीमा रहेको एपीएफलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell