PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

चट्याङमास्टरलाई भैरव पुरस्कार, शेषराज भट्टराईलाई भैरव प्रतिभा



पहिलोपोस्ट

काठमाडौँ : भैरव पुरस्कार गुठीले हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा योगदान पुर्‍याउने कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र शेषराज भट्टराईलाई सम्मान गरेको छ।
 
हास्यव्यङ्ग्यकार भैरव अर्यालका स्मृतिमा स्थापित ‘भैरव पुरस्कार’ भक्तपुर निवासी गौतमलाई र ‘भैरव प्रतिभा पुरस्कार’ पोखराका भट्टराईलाई प्रदान गरिएको हो।
 
गौतमले रु ५० हजार र भट्टराईले रु २५ हजारसहित प्रशंसापत्र प्राप्त गरे। गौतमका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, कवितासङ्ग्रह, निबन्धसङ्ग्रहलगायत सात कृति प्रकाशन भएका छन्।
 
खोटाङमा जन्मिएका भट्टराईका ‘जातले पकाएको भात’, ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’, ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’लगायत कृति प्रकाशित छन्।
 
हास्यव्यङ्ग्यकारद्वयलाई सम्मान गर्दै प्रा मोहनराज शर्माले साहित्यक सम्मान मूल्यवान् भएको विचार व्यक्त गरे। गुठीका अध्यक्ष रोचक घिमिरे र उपाध्यक्ष विजय चालिसेले साहित्यकार भैरव अर्यालको व्यक्तित्वबारे चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell