PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भक्तपुरमा नारायण मेला सुरु, घिउचाकु दलेर रमाइलो गरिँदै



पहिलोपोस्ट


भक्तपुर : माघे सङ्क्रान्तिका अवसरमा आज यहाँका नारायण मन्दिरमा मेला लागेको छ।
 
घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ।
 
ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ। गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी प्राप्त हुने जनविश्वास छ।
 
नेवारी भाषामा ‘घ्यचाकु सल्हुँ’ भनिने आजको दिन भक्तपुरका चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ।
      
आज नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउचाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने ह्रष्टपुष्ट हुने धार्मिक मान्यता छ। आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ।
 
आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ। गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विभिन्न परिकार चढाई विशेष पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell