PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

परिवारले धानेको चाकु व्यवसाय

परिवारले धानेको चाकु व्यवसाय

अमर बडुवाल/पहिलोपोस्ट


काठमाडौं : पाटनका सुरेन्द्र जोशी बुधवार अर्थात् २७ पुसमा पसलमा जोडले बोलिरहेका थिए। उनको भ्याई नभ्याई अरु कामले थिएन। माघे संक्रान्तिका लागि चाकु लिन आउनेलाई दिने समय नभएर आफ्ना भाइहरुलाई काम अह्राउँदै थिए।

कसैले मसलावाला चाकु खोज्थे भने कसैले सादा चाकु। मसलावाला चाकुमा दुधको खुवा पनि मिसाउने भएर २५० रुपैयाँ किलो। सादा चाकु मिठाई मात्रै पकाएर बनाउने हुँदा त्यसको मूल्य प्रति किलो १६० रुपैयाँ। 

चाकु दिन समय नमिलिरहेको अवस्थामा हामी सँग कुरा गर्ने समय हुने कुरै भएन। तै पनि बेला बेला कुरा कोट्याउँदै जाँदा उनले यो पेशा पुर्खाले गरिआएको पेशा हो भन्न भ्याए।

उनका परिवारका ८/१० जना सदस्य यति बेला त्यसैमा लागिरहेका छन्। उनका भाइ दीपू जोशीले भने, यतिबेला त सबै जना मिलेर गर्नै पर्छ। 
अन्य समयमा २/३ दिनमा एक पटक चाकु बनाउनु पर्छ, दीपूले भने यति बेला भने दुई महिनामा चार हजार धार्नी मिठाई पकाईसकेका छौँ।

उनका चार जना दाजुभाइ मध्ये एक जना काउन्टरमा बसेका थिए। एक जना भित्रबाट चाकु बोरामा हालेर ग्राहकलाई दिँदै थिए। दुई जना मिठाई पकाउन र त्यसलाई चाकुमा ढाल्न ब्यस्त थिए।

सुरेन्द्रले भने 'चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण यतिबेला चाकुको माग सधै बढी हुन्छ'। अन्य समयमा त यतिबेला बनाउने चाकुको पाँच प्रतिशत चाकु पनि बन्दैन।

खास गरी नेवार समुदायमा सुत्केरीलाई चाकु खुवाउने चलन थियो र अहिले पनि छ दीपूले भने, यतिबेला न्यानो बनाउने तथा शरिरको चिसोपना बाहिरिने जनविश्वासका कारण सबै जनाले खान्छन्। त्यसैले चाकुको माग धान्नै सकिन्न।

यसरी बनाइन्छ चाकु, हेर्नुस् इलिट जोशीका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell