PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​घ्याम्पो फुटाउने जात्रामा अन्यौल : महिलाले हेर्न र छुन हुन्न कसरी राष्ट्रपतिकहाँ लग्ने?

​घ्याम्पो फुटाउने जात्रामा अन्यौल : महिलाले हेर्न र छुन हुन्न कसरी राष्ट्रपतिकहाँ लग्ने?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : हनुमानढोकामा पौष शुक्ल पूर्णिमाका दिन एउटा अनौठो जात्रा मनाइन्छ। यो दिन यहाँ माटोका भाँडाकुँडा ड्यामड्याम फुटाइन्छ। यो वर्ष जात्रामा अन्यौल भएको छ।

जात्रापछि कलश राष्ट्रप्रमुखकहाँ देखाउनका लागि लग्नुपर्ने चलन छ। २०६३ सालमा गणतन्त्र आउनुअघि राजाकहाँ लगिन्थ्यो। २०६३ पछि राष्ट्रपति रामवरण यादवकहाँ लगियो। 

तर यस पटक शितल निवासमा महिला राष्ट्रपति रहेकी छिन्। अप्ठेरो के छ भने यो कलश महिलाले हेर्न पनि नहुने र छुन पनि नहुने मान्यता रहेको जात्राका संयोजक राजन महर्जनले बताए। 

यो लिच्छविकालीन जात्रा विष्णु भगवान मान्छेको रुपमा लिएर काठमाडौँमा हिँडिरहँदा एक तान्त्रिकले थाहा पाएर तान्त्रिक विधिबाट घ्याम्पो बनाएर फोरिदिएपछि अब अपशगुन भयो कहाँ जाने भनेर हनुमानढोकाभित्र गएको मान्यतामा चल्दै आएको उनले जानकारी दिए। 

जात्रामा चाँगुनारायणको प्रतीक स्वरुप चाँदीको घ्याम्पो ल्याइन्छ। त्यसैगरी लक्ष्मी र सरस्वतीको मूर्तिलाई पनि चाँगुदेखि हिँड्दै ल्याएर जमलमा राखिन्छ। त्यहाँबाट सेनाको हर्षबढाइँ गरेर हनुमानढोका ल्याइन्छ।

माटोको भाँडाकुँडा फोर्ने चलन वसन्तपुरमा मात्र नभई चाँगुनारायण, भक्तपुर, थिमि, कोटेश्वर, तीनकुने, माइतीघर, सिंहदरबार, दरबारमार्ग, जमल दोबाटो, असन, बालकुमारी, मच्छिन्द्रबहालमा पनि रहेको उनले बताए। 

हनुमानढोकामा जीवित देवी कुमारी साक्षी राखेर विष्णुलाई भित्र लाने परम्परा छ। 

त्यसपछि मूलचोकमा शिवरात्रीभन्दा बढी आगो बाल्ने र त्यो आगो चाँगुनारायणबाट समेत देखिने मान्यता पहिले रहेको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell