PahiloPost
PahiloPost

Jan 17, 2017 | ४ माघ २०७३

Nepal life Insurance Company

कृषि आधुनिकीकरणका लागि आलु जोन घोषणा, एक खर्ब ३० अर्ब बढीको परियोजना

Share this News
रासस -
भक्तपुर : कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ।
 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज यहाँ आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरे। परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा जिल्लाका लागि दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ।
 
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले बताए। चालू आवमा देशभर रु पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ।
 
'हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,' ढकालले भने। सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनको भनाइ छ।
 
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताए। 

समाचार

Advertisements

हट टपिक्स


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |