PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सुरु भयो स्वस्थानी : शालीनदीमा माघ-स्नानका २८ दृश्य

सुरु भयो स्वस्थानी : शालीनदीमा माघ-स्नानका २८ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आजदेखि हिन्दु धर्मावलम्बी महिलाहरुको विशेष चाड स्वस्थानी सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिलाहरु विधिपूर्वक स्वस्थानी व्रत बस्ने गर्छन्।

यस अवसरमा आजैदेखि एक महिनासम्म देशभरका नदी, पोखरी तथा पवित्र कुण्डमा बिहानै स्नान गर्ने महिलाहरुको भिड लागेको छ। उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा पनि माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ।
 
समितिका अध्यक्ष राजुभाई मानन्धर यस वर्ष पुस २८ गतेदेखि माघ २८ सम्म २० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताउँछन्।

एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। 

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत लिएको कथा स्वस्थानीमा वर्णन गरिएको छ। 

आज बिहान सबेरैदेखि साँखुस्थित शालीनदीमा स्नान गर्न गएकाहरुको घुइँचो यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell