PahiloPost

Apr 22, 2018 | ९ बैशाख २०७५

राष्ट्रिय विदा पुनरावलोकन हुने, गृह मन्त्रालयलाई दिइयो एक महिनाको समय


काठमाडौँ : कुन दिवसमा विदा दिने, कुनमा नदिने तथा कुनमा देशै भर र कुनमा क्षेत्रीय रुपमा विदा दिने विषयमा सुझाव दिन आजको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई जिम्मा दिएको छ। 

राष्ट्रिय विदाको पुनरावलोकन गर्न आजको बैठकले गृह मन्त्रालयलाई एक महिनाको समय दिएको हो। 

कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट