PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

सुशील ज्ञवाली बर्खास्त, पुनर्निर्माण प्राधिकरणमा पुनः फर्किए गोविन्द पोखरेल


काठमाडौँ : सरकारले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। दुई पटकसम्म सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो। 

रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा सरकारले गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी थिए।  

पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो। तर अध्यादेश मार्फत नियुक्त पोखरेललाई कायम राख्न सरकारले विधेयक समयमा संसदमा पेश नगर्दा कामै गर्न नपाई उनको पद गुमेको थियो। 

सुशील कोइराला सरकारले  दाता सम्मेलन अघि नै हतार हतारमा अध्यादेशमार्फत प्राधिकरण गठन गरेको थियो। त्यसको केही समयपछि मात्रै पोखरेललाई सिइओ नियुक्त गरिएको थियो।

गत वर्ष असार ६ मा अध्यादेश जारी गरी प्राधिकरणमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा गोविन्द पोखरेललाई सो जिम्मेवारी दिएकामा अध्यादेशको अवधि सकिएपछि प्राधिकरण गत वर्ष भदौ ११ गते नै निष्क्रिय भएको थियो। अध्यादेशलाई छ महिनाभित्र संसद्ले पारित नगरे स्वतःनिष्क्रिय हुने संवैधानिक व्यवस्था छ। 

पोखरेलकै नेतृत्वमा योजना आयोगले भूकम्पपछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तयार पारेको थियो, जसमा भूकम्पपछिको पुनःनिर्माणका लागि सात खर्ब ७० अर्ब बराबरको आवश्यकता औँल्याएको थियो।

ओली सरकारले गत वर्ष पुस १० गते ज्ञवालीलाई सिइओ नियुक्त गरेको थियो। 

सम्बन्धित समाचार
के बर्खास्तीमा पर्दैछन्, देशको सबैभन्दा ठूलो बजेट खर्च गर्ने अधिकार पाएका ज्ञवाली?

 


सुशील ज्ञवाली बर्खास्त, पुनर्निर्माण प्राधिकरणमा पुनः फर्किए गोविन्द पोखरेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट