PahiloPost
PahiloPost

Feb 27, 2017 | १६ फागुन २०७३

Nepal life Insurance Company

ओबामाको अन्तिम भाषणका प्रमुख ६ बुँदा

main

Share this News
पहिलोपोस्ट -
सिकागो (अमेरिका) : अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिनुहुँदै आफ्नो कार्यकाल सफल बनेको दावी गरे। 

आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे। भाषणका प्रमुख बुँदा 
  • सम्पूर्ण अमेरिकी न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मूल्यमान्यतालाई जोगाउन सङ्घर्ष गर्नुपर्छ। 
  • हामी सबैबीच बाहिरीरुपमा भिन्नता देखिएपनि समग्रमा हामी सबै सँगै छौँ तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यता विरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्ने छ। हामी एक्लै आयौँ र एक्लै जाने छौँ।
  • सन् २००८ मा राष्ट्रपतिमा निर्वाँचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिङ्टन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न म सफल भएँ। 
  • मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूवासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने लगायतका काम कार्यकालका प्रमुख उपलब्धि। 
  • ‘हामी जृुन पार्टीका भएपनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ। प्रजातन्त्रताका चुनौतीसँग शाक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रम माथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरङ्कुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो। 
  • फासिवाद र निरङ्कुशता प्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्छ। 

समाचार

Advertisements

हट टपिक्स


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |