PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

भारतीय जेलमा २० नेपाली, ७ महिना पुगे पनि सरकारले दिएन चासो


पहिलोपोस्ट /पहिलोपोस्ट

भारतीय जेलमा २० नेपाली, ७ महिना पुगे पनि सरकारले दिएन चासो
कञ्चनपुर : भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन्।
 
मजदुरी गरेको पैसा बढाउनुपर्ने भन्दै मजदुर युनियन सी दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो।
 
जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जनाभन्दा बढी रहेका छन्।
 
भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताए।
 
जेलमा राखिएका सबै नेपाली निर्दोष रहेकाले उनीहरुको रिहाइका लागि नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नुपर्ने उनले बताए। भारतीय जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बासिन्दा रहेका छन्।रासस


भारतीय जेलमा २० नेपाली, ७ महिना पुगे पनि सरकारले दिएन चासो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट