PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाली विद्यार्थीले पाइन् अमेरिकी अवार्ड



पहिलोपोस्ट

नेपाली विद्यार्थीले पाइन् अमेरिकी अवार्ड

काठमाडौँ : नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ।
 
काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन्।
 
सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छिन्। विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ।
 
काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेकी हुन्। उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell