PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कक्षा ८ मा पढ्छन् ७४ वर्षका वृद्ध-विद्यार्थी



पहिलोपोस्ट

कक्षा ८ मा पढ्छन् ७४ वर्षका वृद्ध-विद्यार्थी

रामेछाप : कक्षा ८ मा पढ्ने विद्यार्थीको उमेर सामान्तया कति होला?
 
अनुमान गरिहेर्नुस् त। १५, १८ कि २० वर्ष?
 
पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाण हुन्, रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की। उनको उमेर हो, ७४ वर्ष। पढ्छन् कक्षा ८ मा।
 
नातिनातिना उमेरका केटाकेटीसँगै उनी चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यार्थी पनि हुन्।
 
इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइकेका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो।
 
सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उनलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो। चाहना भयो भने अवश्य सक्छु भन्ने आँट पलाएपछि नै उनी २०६५ सालमा विद्यालय गएर भर्ना भएका हुन्।
 
विद्यालयमा आफ्नै भाइभतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उनी बताउँछन्।
 
वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुबाजस्ता मान्छेलाई पढाउन पाउँदा विद्यालयका शिक्षक शिक्षिका पनि उत्तिकै खुसी रहेको जट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell