PahiloPost
PahiloPost

Jan 17, 2017 | ४ माघ २०७३

Nepal life Insurance Company

​संविधानसभाको १३६ बैठकको रेकर्ड पुस्तकमा, सर्वसाधारणले नपाउने

main

Share this News
मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : नेपालको पहिलो संविधान सभा संविधान जारी गर्न असफल रह्यो। २०६५ साल जेठ १५ गते पहिलो बैठक बसेको संविधानसभाको २०६९ साल जेठ १४ गते विघटन भयो।

संविधानसभाका बैठकहरु खासै उपलब्धिमूलक हुन सकेनन्। यद्यपि संविधानसभा अन्तर्गतका विभिन्न ११ समितिले काम गरे। संविधानसभा सचिवालयको रुपमा समेत काम गरेको संसद सचिवालयले त्यसले गरेका काम र अपनाएका प्रक्रियाबारे पुस्तक निकाल्यो। नाम दिइयो – संविधानसभा दर्पण।

दोश्रो संविधानसभाको पहिलो बैठक २०७० साल चैत १४ गते बस्यो। पहिलो बैठकले पहिलो संविधानसभाले गरेका कामको स्वामित्व लियो।
दोश्रो संविधानसभा भने संविधान जारी गर्न सफल भयो।

२०७२ साल असोज ३ गते संविधान जारी भयो। यसपटक भने संसद सचिवालयले दोस्राे संविधानसभाका प्रत्येक बैठकको अडियो उतारेको छ। अडियो उतातेर पुस्तकको रुपमा संसद सचिवालयले अभिलेख तयार गरेको हो।



संविधानसभाका कामलाई अभिलेखको बनाउन जुटेका संसद सचिवलयका सहसचिव डा. रोजनाथ पाण्डेले दोस्रो संविधानसभाका १३६ बैठकको काम कारवाही पुस्तकका रुपमा  प्रकाशित गरेर अभिलेख राख्न खोजिएको बताए।
 
पाण्डेले भने ‘प्रकाशनका लागि पठाएका छौँ, मूल प्रति नेपाली कागजमा प्रकाशन हुन्छ। अन्य चार प्रति सामान्य कागजमा प्रकाशित हुन्छन्। अभिलेख संसद् सचिवालयसहित पाँच ठाउमा हुन्छ।’ 
 
१ सय ३६ बैठकको अडियो चार महिनासम्म लगाएर पाँच जनाको समूहले उतार्ने काम सपन्न गरेका हुन्।

पुस्तकहरु सर्वसाधरणका लागि भने उपलब्ध नहुने भएको छ। यसअघि संविधानसमेत पाँच प्रति नेपाली कागजमा प्रकाशित गरिएको थियो। तर अहिले भने मूल कपिमात्रै नेपाली कागजमा र अन्य चार प्रति सामान्य कागजमा प्रकाशन हुने पाण्डले बताए। रेकर्डहरु मूल प्रति संसद सचिवालायसँग रहनेछ ।
 
'१ सय ३६ बैठकमा भएको काम कारवाहीका विषय दशभन्दा बढी पुस्तक बन्ने भए', पाण्डेले भने, 'त्यसैले सर्वसाधारणलाई उपलब्ध गराउन अलिक असजिलो भयो।'

यस्तै अन्य चार प्रति संसद सचिवालयको पुस्तकालय, पुरातत्व विभाग, राष्ट्रपति कार्यालय र कानुन मन्त्रालयमा रहने उनले बताए।

समाचार

Advertisements

हट टपिक्स


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |