PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकी स्मार्टफोन इन्फोकस नेपाली बजारमा, १३ मेगापिक्सेलको क्यामेरा, फोरजी सपोर्ट गर्ने



पहिलोपोस्ट

अमेरिकी स्मार्टफोन इन्फोकस नेपाली बजारमा, १३ मेगापिक्सेलको क्यामेरा, फोरजी सपोर्ट गर्ने

काठमाडौं : अमेरिकी स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा बिक्री सुरु भएको छ। यो मोबाइलको आधिकारिक बिक्रेता प्रिजम इन्टरप्राइजेजले बिक्री सुरु गरेको हो।
 
कम्पनीका अनुसार मोबाइलमा ५.५ इन्चको फुल एचडी डिस्प्ले छ। स्मार्टफोनमा १.३ गिगा हर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग भएको यो मोबाइल आकर्षक, स्लिम र मेटल बडी छ।
 
कम्पनीका अनुसार दुर्इ जिबी र्‍याम प्रयोग गरिएको यो स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ। कम्पनीका अनुसार यसलार्इ ६४ जिबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ।
 
१३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फी खिच्दा आकर्षक तस्बिर आउँछ। यो मोबाइलमा फोरजी सपोर्ट गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा रहेको मोबाइलमा २६०० एमएचको ब्याट्री छ। मोबाइलको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell