PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लघुकथा समाजको दुई सम्मान परशु प्रधान र लक्ष्मण गौतमलाई



पहिलोपोस्ट

लघुकथा समाजको दुई सम्मान परशु प्रधान र लक्ष्मण गौतमलाई

काठमाडौं : लघुकथा समाजले पहिलो पटक 'सावित्री केशर कथा सम्मान' वरिष्ठ आख्यानकार परशु प्रधानलाई र 'बाटुली खिलध्वज लघुकथा सम्मान' डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ।
 
दुवै स्रष्टाको दीर्घ साधना, विधागत विशिष्टता र लेखनको निरन्तरताको आधारमा  निर्णय गरिएको समाजका अध्यक्ष श्रीओम रोदनले बताए। दुवै सम्मानको राशि १५ हजार १०१ रुपैयाँ रहेको छ।
 
साहित्यकार हरि थापा, भैरवी थापा तथा राजन पण्डित र सानोभाइ पण्डितले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको सम्मानको लागि रु ६ लाखको अक्षयकोषको व्यवस्था लघुकथा समाजलाई प्रदान गरिएको छ। 
 
समाज नेपाली लघुकथाको उन्नयनमा निरन्तर सक्रिय रहँदै आएको साहित्यक संस्था हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell