PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

थाहा पाउनुस्, सन् २०१६ मा विश्वभर चर्चा कमाएका उत्कृष्ट १० स्मार्टफोन कुनकुन?



पहिलोपोस्ट

थाहा पाउनुस्, सन् २०१६ मा विश्वभर चर्चा कमाएका उत्कृष्ट १० स्मार्टफोन कुनकुन?

लण्डन : सन् २०१६ मा विश्वका मोबाइल कम्पनीबीच नयाँ स्मार्टफोन ल्याउने प्रतिस्पर्धा चल्यो। यो वर्ष कम मूल्यका राम्रा फिचर भएका र धेरै मूल्य राम्रा फिचर भएका स्मार्टफोन सार्वजनिक भए।सन् २०१६मा १० स्मार्टफोन जसले विश्वबजारमा धेरै चर्चा कमाए।
 
१. एप्पल आइफोन ७ प्लस

यो वर्ष एप्पलको आइफोन -७ ले सर्वाधिक चर्चा पायो। एप्पलले डुअल क्यामेरा सेटअप भएको स्मार्टफोन सार्वजनिक गरेको थियो। सेप्टेम्बरमा सार्वजनिक भएको यो मोबाइलको मूल्य एक लाख रुपैयाँ छ।
 
२. गुगल पिक्सेल

गुगलको गुगल पिक्सेल एक्सएल स्मार्टफोनमा धेरै सुविधा छन्। यो स्मार्टफोनको गुगल असिस्टेन्ट र क्यामेराले चर्चा कमाएको छ।यो स्मार्टफोनमा डिजिटल असिस्टन्ट प्रयोगकर्ताले गुगल अकाउन्टबाट धेरै डेटा लिन सक्ने प्रविधि छ।
 
३. हुवावे पी९

चिनियाँ मोबाइल कम्पनी हुवावेको पी९ मा धेरै विशेषता छन्। फुल एचडी डिस्प्ले, ड्युल क्यामेरा, दुई सय ५६ जीबी इन्टरनल स्टोरेज र तीन हजार एमएएच ब्याट्री छ। यो मोबाइलको मूल्य ६० हजार रुपैयाँ छ।
 
४. सामसुङ ग्यालेक्सी एस७ एज

पड्किने समस्याका कारण ओझेलमा परे पनि यो स्मार्टफोन व्यापार र लोकप्रियताका हिसावले चौथो नम्बरमा परेको छ। यो स्मार्टफोनमा उत्कृष्ट क्यामरा, ड्युल कर्ब्ड स्क्रिन भएकाले धेरै रोजाइमा परेको हो। यो स्मार्टफोनको  मूल्य ८० हजार रुपैयाँ हाराहारीमा छ।
 
५. साओमी रेडमी नोट४

मूल्यको हिसाबले निकै सस्तो मानिएको यो स्मार्टफोनले पाँचौ स्थानमा परेको छ। एन्ड्रोइडमा हुने सवै विशेषताका कारण यो स्मार्टफोन चर्चामा रह्यो। क्यामेरा, ब्याट्री र इन्टरनल स्टोरेजका कारण यो मोबाइल चर्चित बनेको हो।
 
६. आसुस जेनफोन३ म्याक्स

यो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर, फुल एचडी डिस्प्ले, ३२ जिबी स्टोरेज तथा १६ मेगापिक्सल क्यामेरा लगायतका विशेषता छ। यही विशेषताका कारण यो स्मार्टफोन चर्चाको शिखरमा रह्यो।
 
७. वनप्लस थ्रि–टी

करिब ५० हजार रुपैयाँ मूल्य पर्ने यो स्मार्टफानमा क्युएचडी डिस्प्ले छ। चिनियाँ ब्राण्डको यो स्मार्टफोनमा उत्कृष्ट फिचर छ।
 
८. एलजी भि–ट्वान्टी

यो स्मार्टफोन अडियो रेकर्डिङ र अडियो आउटपुटजस्ता फिचरले गर्दा उत्कृष्ट स्मार्टफोन मानिएको छ। ड्युल क्यामेरा सिस्टम, डिस्प्ले क्युएचडी र गुणस्तरीय ब्याट्री यो स्मार्टफोनको उत्कृष्ट पक्ष हो।
 
९. नुविया जेड११

जेडटिर्इको नुविया जेड११ ले विश्वकै ग्याजेटप्रेमीको मन जितेको छ। यो स्मार्टफोनमा ‘बेजलेस डिजाइन’ तथा १६ जिबी ब्याक क्यामेरा छ।
 
१०. मोटोरोला मोटो जे

मोटोरोलाको यो स्मार्टफोनको स्पेसिफिकेसनबाट ग्राहकलाई निकै प्रभावित पार्‍यो। यो विश्वकै पातलो स्मार्टफोन हो। यसको मूल्य करिब ६० हजार रुपैयाँ पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell