PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​एमआरपी आए/नआएको थाहा पाउन मलेसियामा एसएमएस सेवा



​एमआरपी आए/नआएको थाहा पाउन मलेसियामा एसएमएस सेवा

  • गणेश आचार्य -
क्वालालम्पुर : मलेसियाबाटै एमआरपी पासपोर्ट बनाउन लगाएका नेपालीले अब पासपोर्ट आयो कि आएन थाहा पाउन दुतावास धाउनु पर्ने बाध्यता टरेको छ।

यहाँको नेप्सिया क्रियटिभ कम्पनीले नेपालीको पासपोर्ट आए नआएको जानकारी लिन एसएमएस सेवा सुरु गरेपछि दुतावास धाउनु पर्ने बाध्यता टरेको हो।

कम्पनीका अनुसार मोबाइलको म्यासेज बक्समा गई NPP टाइप गरी पुरानो पासपोर्ट नम्बर टाइप गरी ३६६६० मा पठाएपछि पासपोर्ट आए नआएको जानकारी मोबाइलमै आउँछ। एसएमएस गर्दा एक रिंगेट खर्च हुन्छ।

क्वालालाम्पुरमा रहेको दुतावासमा पासपोर्ट आए नआएको जानकारी लिन यसअघि एकैदिनमा सयौं नेपाली आउने गरेका थिए।

कम्पनीले म्यासेज सेवा सुरु गरेपछि यहाँका नेपालीलाई दुतावास धाउनुपर्ने बाध्यता मात्रै टरेको छैन्, त्यहाँसम्म जाँदा लाग्ने खर्च समेत बचेको छ।

जोहरबारुमा कार्यरत रमेश केसीका अनुसार दुतावासमा पासपोर्टका बारेमा सोध्न जाँदा कर्मचारीले भोलि आउनु भन्दै टार्ने गरेका थिए। अब एसएमएस सेवा सुरु भएपछि कर्मचारीको कचकचबाट पनि मुक्ति पाइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell