PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वैद्यले प्रधानमन्त्री प्रचण्डलाई भने- ह्यापी बर्थ डे !



वैद्यले प्रधानमन्त्री प्रचण्डलाई भने- ह्यापी बर्थ डे !

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच आज भेटवार्ता भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो। स‌ंयोगले आज प्रधानमन्त्री प्रचण्डको ६२ औँ जन्मदिन पनि थियो। जन्मदिनको अवसरमा वैद्यले शुभकामना दिएका थिए।

प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell