PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कमलपोखरीको ट्राफिक आइल्यान्डमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



काठमाडौँ : काठमाडौंको कमलपोखरी स्थित लोत्से चोकमा गएराती साढे १२ बजे बा २४ प १९३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोकि दुर्घटना हुँदा चालक सोलुखुम्बुका ३२ वर्षिय पासाङग तेम्बा शेर्पाको मृत्यु भएको छ।  

उनको हिमाल अस्पतालबाट थप उपचारको लागि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो।

दुर्घटनाग्रस्त मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलपोखरीले नियन्त्रणमा लिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell