PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कानुन व्यवसायीबारे प्रधान न्यायाधीशको कडा टिप्पणी : व्यापारमा तस्करी जस्तै अदालतमा माफियातन्त्र मौलायो



कानुन व्यवसायीबारे प्रधान न्यायाधीशको कडा टिप्पणी : व्यापारमा तस्करी जस्तै अदालतमा माफियातन्त्र मौलायो

पर्सा : प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीबारे कडा टिप्पणी गरेकी छिन्। ६८औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएसनअन्तर्गतको मानवअधिकार तथा जनसरोकार समितिले आज वीरगन्जमा आयोजना गरेको मानवअधिकारसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले देशभरिकै अदालतमा कानुन व्यवसायीको नाममा माफियातन्त्र मौलाएको बताइन्।

व्यापारमा तस्करी मौलाउँदै गएजस्तै अदालतमा अधिवक्ताबीच माफियातन्त्रको ग्रहण लाग्न सुरु भएको धारणा उनले राखेकी थिइन्।

प्रधानन्यायाधीश कार्कीले बिचौलियातन्त्रको प्रवेशले कानुन व्यवसायीको भूमिकालाई गौण बनाउने भएकाले यसबाट सबै कानुन व्यवसायी सचेत हुन आवश्यक रहेको विचार व्यक्त गरिन्। 

उनले राष्ट्र निर्माणका लागि शान्ति, समृद्धि र सामाजिक सद्भाव कायम गर्न जरुरी रहेको र यसका लागि भ्रष्टाचारमुक्त समाज निर्माण आवश्यक रहेकोे बताइन्। 

प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार, अनियमितता र विकृति मुलुकमा कायम रहेसम्म राष्ट्र प्रगतिपथमा अगाडि बढ्न नसक्ने भएकाले समाजमा समानता, सद्भावलाई कायम राख्न भ्रष्टाचारको अन्त्य अपरिहार्य हुने बताइन्। 

समाजमा रहेको विभेदलाई अन्त्य गरी संविधान कार्यान्वयन गर्न सबैका लागि आवश्यक भएकाले राष्ट्र निर्माणका लागि सबै राजनीतिक दलले एकता प्रदर्शन गर्न आवश्यक रहेको पनि उनले बताइन्।

कार्यक्रममा विभिन्न तहका अदालतका न्यायाधीश, कानुन व्यवसायी, बार एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति थियो। राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell