PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकार तीनतहको निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल



रासस

सरकार तीनतहको निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री  दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले संविधान संशोधन नै संविधान कार्यान्वयनको कार्य भएको बताएका छन् ।

३८ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा पुल्चोकमा आयोजित कार्यक्रममा बोल्दै उनले 'संविधानलाई सबैको अपनत्व भएको र सर्वस्वीकार्य बनाउन सरकारले संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको दावी गरे ।
 

तीनतहको निर्वाचनको तयारी


दाहालले सरकार आगामी २०७४ माघ ७ भित्र संविधानले निर्दिष्ट गरेअनुसार स्थानीय, प्रदेश र केन्द्रिय संसद्को निर्वाचन गर्न सरकार केन्द्रित भएको बताए ।
यसका लागि आवश्यक पर्ने केही विधेयक व्यवस्थापिका–संसद्मा पेस भइसकेको र केही पेस गर्ने तयारीका क्रममा रहेको उल्लेख गर्दै उनले निर्वाचनले जनताको अधिकारलाई संरक्षण गर्ने बताएका थिए । तस्विर : रासस

संवैधानिक व्यवस्थाअनुसार मधेसी, दलित, महिला, मुस्लिमलगायतका आयोग गठन गर्न आवश्यक विधेयक तयारीगर्ने क्रम जारीरहेको दाहालले जानकारी दिए ।

द्वन्द्वमा भएका मानवअधिकार उल्लङ्घनसम्बन्धी घटनाका बारेमा छानबिन गरिरहेका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई सरकारबाट आवश्यक सहयोग भइराखेको र थप चाहिएको सहयोग गर्ने उनले दावी गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानप्रति केही असन्तुष्टिका स्वरहरु सुनिएको छ, यसलाई राजनीतिक पहलद्वारा सहमतिमा टुङ्गिने विश्वास आयोगले लिएको बताए ।

उनले संविधानका सम्बन्धमा कसैले पनि मेरो गोरुको बाह्रै टक्का नभनी अपनत्वको भावना सिर्जना गराउन क्रियाशील रहन आग्रह गरेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell