PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जन्ती बस र कार जुध्दा चार जनाको मृत्यु, दुलाहा-दुलही जोगिए



पहिलोपोस्ट

सिमरा (बारा) : बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
 
जन्ती बोकेर वीरगन्जबाट हेटौंडातर्फ गइरहेको ना ६ क ७६५४ नंको बस र हेटौंडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं.को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा ठोक्किएका थिए।
 
मृत्यु हुनेमा कारका चालक खोटाङ मगलटार गाविस– ४ का २३ बर्षिय दीपक थापा आलेमगर, सोही ठाउँका महेन्द्र आले, सुनसरी इटहरी झुम्का रामधनी नपा– ८ का २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस आले रहेका छन्। चालक आलेमगरको घटनास्थलमै र बाँकी तीनै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
 
घाइते हुनेहरुमा इटहरी– ४ का २६ वर्षीय कमलबहादुर आले, उनकी श्रीमती २८ वर्षीया यशोदा थापा र १६ महिनाकी छोरी आशना आलेलगायत सात जनाको बीरगन्ज र हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell