PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीरगन्जमा अनौठो खेल, टाँगा दौड हेर्न सर्वसाधारणको घुइँचो



राधेश्याम पटेल

वीरगन्जमा अनौठो खेल, टाँगा दौड हेर्न सर्वसाधारणको घुइँचो

वीरगन्ज : वीरगन्जमा अनौठो मानिने टाँगा दौड प्रतियोगिता आयोजना भएको छ।
 
वीरगन्जको आदर्शनगर रंगशालामा आयोजित उक्त दौड प्रतियोगिता हेर्न दर्शकहरुको भिड लागेको थियो। वीरगन्जको गैरसरकारी संस्था पाइलाले आफनो १०औं बार्षिक उत्सव मनाउन टाँगा संरक्षणका लागि दौडको आयोजना गरेको थियो।
 
लामो समयदेखि टाँगा दौड वीरगन्जमा भएको थिएन। त्यसैले पनि सर्वसाधारण  टाँगा दौडको रमाइलो हेर्न शीतलहरको परवाह नगरी रंगशाला पुगेका थिए।
 
प्रतियोगितामा वीरगन्ज–३, छपकैयाका सेख कलाम प्रथम भए भने वीरगन्ज–१३, रानीघाटका अकबर महम्मद मन्सुरी दोस्रो र रानीघाटकै विनोद साह तेली तेस्रो भए । प्रथमले रु ११ हजार, दोस्रोले ८ हजार र तेस्रोले रु ५ हजार पुरस्कार प्राप्त गरे।
 
प्रतियोगितामा सहभागी अन्य १३ जना टाँगा चालकहरुले जनही रु ५०५ प्राप्त गरेको सानो पाइलाका शैलेन्द्र त्रिपाठीले जानकारी दिए। प्रतियोगितालाई जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर अगामी दिनमा पनि निरन्तरता दिने संस्थाले बताएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell