PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ल्यान्डफिल साइट निर्माणबारे क्याबिनेटमा कुरा उठाउँछु : मन्त्री पाण्डे



पहिलोपोस्ट

ल्यान्डफिल साइट निर्माणबारे क्याबिनेटमा कुरा उठाउँछु : मन्त्री पाण्डे

काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नुवाकोट र धादिङको सीमानास्थित बञ्चरेडाँडामा निर्माणाधीन ‘ल्यान्डफिल साइट’को स्थलगत अवलोकन गरेका छन्।
 
धादिङको छत्रेदेउराली–९ र नुवाकोटको ओखरपौवा–४ स्थित बन्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने गरी ल्यान्डफिल साइटको निर्माण भइरहेको छ।
 
अवलोकन क्रममा उनले फोहोरबाट उत्पन्न हुने समस्या समाधान गर्न योजनाबद्ध विकास गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। ‘योजनाबद्ध विकास गर्नकै लागि बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको योजना आएको हो,’ उनले भने, ‘उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखलाई बोलाएर फोहोर व्यवस्थापनबारे छलफललाई अघि बढाउनेछु।‘
 
बन्चरेको विकास निर्माण र तत्काल ल्यान्डफिल साइटको निर्माण सम्पन्न गर्न मन्त्रिपरिषद्मा आफूले विषय उठाउने उनको भनाइ छ। 
 
ल्यान्डफिल साइटलाई व्यवस्थित नगर्ने हो भने यसले विकाराल रुप लिने बताउँदै उनले यहाँका जनताका स्वास्थ्य समस्या, विकास निर्माणका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell