PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री सुटबुटमै पेरिसडाँडाको चीसो भूइँमा बस्न बाध्य, हेर्नुस् फोटोहरु

प्रधानमन्त्री सुटबुटमै पेरिसडाँडाको चीसो भूइँमा बस्न बाध्य, हेर्नुस् फोटोहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सोमबार आफ्नै पार्टी कार्यालयमा सुटबुट र टाइ अनि टोपी लगाएर औपचारिक पहिरनमा उपस्थित भएका थिए। तर उनलाई पेरिसडाँडास्थित कार्यालय परिसरको चीसो भूइँमा बस्न बाध्य हुनुपर्ने स्थिति आइलाग्यो।

बाराको निजगढबाट राजधानी काठमाडौँ  जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) र  निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण सुरु गर्न फास्ट ट्रयाक, एयरपोर्ट निर्माण संघर्ष समितिले ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्रीलाई पनि आफूसँगै बस्न बाध्य बनाए।

निजगढबाट काठमाडौँसम्म ४ दिन लगाएर सोमबार काठमाडौँ आएका फास्ट ट्रयाक, एयरपोर्ट निर्माण संघर्षका समितिका सहभागीलाई नाइँ भन्नु पनि कसरी !

उनीहरुले बाराका नागरिकबाट रु १ संकलन गरेर जम्मा पारेको रकम तथा एक लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाए। हेर्नुस् फोटोहरु 


ट्रेन्डिङ पोस्ट

Ncell