PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​नेपाली महिला कामदारका लागि मलेसिया असुरक्षित गन्तव्य



​नेपाली महिला कामदारका लागि मलेसिया असुरक्षित गन्तव्य

  • गणेश आचार्य-
क्वालालम्पुर: मलेसियाको रोजगारी नेपाली महिला कामदारकालागि असुरक्षित रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार नेपाली महिला कामदारले काम गर्ने कम्पनी र बस्ने होस्टेल असुरक्षित रहेका छन्। 

दूतावासले अनुगमनका क्रममा होस्टेल र कम्पनी असुरक्षित देखेपछि नेपालबाट महिला कामदार ल्याउन समेत कडाई गरिएको छ। धेरैजसो कम्पनीमा नेपाली महिला मजदुरमाथि हिंसा हुने गरेको सूचना आउन थालेपछि महिला कामदार माग गर्ने कम्पनी र होस्टेलको अनुगमन गरेर मात्रै दुतावासले अनुमति दिने गरेको छ। 

कम्पनी र होस्टेलको अनुगमन गर्न श्रम सहचारी बुद्धिनाथ भट्टराई जाने गरेका छन्। राजदूतका अनुसार दूतावासले यहाँका कम्पनीले नेपाली महिला कामदार ल्याउनकालागि गरेका ६० प्रतिशत मागलाई अस्वीकार गरिदिएको छ। उनले भने, ‘हामीले यहाँका कम्पनीले नेपाली महिला कामदार ल्याउन गरेका मध्य ६० प्रतिशत कम्पनीका माग अस्वीकार गरेका छौं।’

राजदूत बस्नेतका अनुसार एक हजार पुरुष कामदार भएका कम्पनीले ५ जना मात्रै नेपाली महिला कामदार ल्याउन अनुमति माग्न आउने गरेका छन्। काम गर्ने कम्पनीमा पुरुष अत्याधिक र महिलाको संङ्ख्या अत्यन्तै थोरै भएको, बस्ने होस्टेल पुरुषसँगसँगै भएका, बाथरुमको सुविधा नभएका कम्पनीलाई नेपाली महिला कामदार ल्याउन दूतावासले अनुमति दिने गरेको छैन्। 

दूतावासका अनुसार यहाँ नेपाली महिला कामदार ग्लोब कम्पनीमा आउने गरेका छन्। तर, धेरैजसो कम्पनी महिलाकालागि अति सम्वेदनशील छन्। दूतावासले महिला कामदार ल्याउन कडाई गरेपनि कामदार ल्याउने अनुमति दिने अधिकार यहाँका नोटरी पब्लिकलाई समेत भएकाले असुरक्षित कम्पनीमा समेत नेपाली महिला आउने र दुःख पाउने गरेको बस्न्यातले जानकारी दिए। 

दूतावास स्रोतका अनुसार यहाँका नोटरी पब्लिकले कम्पनीको आर्थिक प्रलोभनमा परी जस्तोसुखै कम्नीमापनि महिला कामदारले काम गर्न योग्य छ भनी प्रमाणित गर्ने गरेका छन्। जसका कारण दूतावासले चाहेर पनि सबै असुरक्षित कम्पनीमा नेपाली महिला कामदार आउनबाट रोक्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell