PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टेलिकम टावरमा समस्या आएपछि पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध



पहिलोपोस्ट

टेलिकम टावरमा समस्या आएपछि पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

खोटाङ : नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ।
 
उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो। सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन्।
 
सञ्चार सेवा अवरुद्ध भएपछि बैंक तथा विभिन्न वित्तिय संस्था समेत प्रभावित भएका छन्। तीन वटै जिल्लाका लागि जडान गरिएको चित्रेथान टावर यसअघि पनि पटक पटक अवरुद्ध हुने गरेको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताए। पटक पटक अवरुद्ध हुने गरेको चित्रेथान टावरलाई व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल हुन नसकेको उनको भनाइ छ।
 
तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको नेपाल टेलिकम राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले बताएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell