PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आधाभन्दा बढी नेपाली इन्टरनेट सञ्जालमा, युटिएलभन्दा स्मार्टसेलका ग्राहक बढी



पहिलोपोस्ट

आधाभन्दा बढी नेपाली इन्टरनेट सञ्जालमा, युटिएलभन्दा स्मार्टसेलका ग्राहक बढी

काठमाडौं : मोबाइल तथा इन्टरनेट पहुँचको हिसाबमा स्मार्टसेलले युटिएललाई पछि पारेको छ। नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार युटिएलभन्दा स्मार्टका ग्राहक दुई गुनाले बढेका छन्।
 
युटिएलको ग्राहक सङ्ख्या ६३ हजार एक सय ६० जना रहेका छन् भने स्मार्टसेलका एक लाख ६ हजार ३ सय २ जना पुगेका छन्। समग्र इन्टरनेटको बजार युटिएलको २ प्रतिशत छ भने स्मार्टको ४ प्रतिशत रहेको छ।
 
त्यस्तै नेपालमा ५२ दशमलव ७० प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालका आधाभन्दा धेरै जनसंङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको हो।
 
पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने इन्टरनेटको पहुँचमा सबैभन्दा धेरै नेपाल टेलिकमका ग्राहक रहेका छन् भने दोस्रोमा एनसेलका ग्राहक छन्। नेपाल टेलिकमको सेवा लिएका ७६ लाख ८८ हजार ७४ जना व्यक्तिले इन्टरनेटको प्रयोग गर्छन् भने एनसेलका ५९ लाख ४५ हाजार ८ सय ५२ जना इन्टरनेटको पहुँचमा रहेका छन्।
 
त्यस्तै युटिएलका ६३ हजार एक सय ६०, तथा स्मार्ट टेलिकमका एक लाख ६ हजार ३ सय २ जना सेवाग्राही इन्टरनेटको पहुँचमा रहेका छन्। एसटिएमका १३ जना तथा इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) का एक लाख ५९ हजार ५ सय १६ जना गरी कुल एक करोड ३९ लाख ६२ हजार ९ सय १७ जना इन्टरनेटको पहुँचमा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ।
 
त्यस्तै इन्टरनेट डेटा प्रयोगकर्ताका आधारमा मोबाइलबाट इन्टरनेट चलाउने ९४ प्रतिशत रहेको तथा टेलिकमको फिक्स्ड लाइनबाट ३ प्रतिशत तथा अरु लिमिटेड मोबिलिटीबाट ३ प्रतिशतले इन्टरनेट चलाउने गरेका छन्।
 
त्यस्तै डेटामा नेपाल टेलिकमले ५५ दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ४२ दशमलव ५८ प्रतिशत, युटिएलले शून्य दशमलव ४५ प्रतिशत तथा स्मार्टसेलले शून्य दशमलव ७६ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।
 
त्यस्तै आइएस्पीहरुले एक दशमलव १४ प्रतिशत बजार हिस्सा ओगटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell