PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्ट्रेलियाका लागि भिसा सेन्टर काठमाडौंमै राख्न परराष्ट्रमन्त्रीको आग्रह



रासस

अस्ट्रेलियाका लागि भिसा सेन्टर काठमाडौंमै राख्न परराष्ट्रमन्त्रीको आग्रह

क्यानबेरा (अस्ट्रेलिया) : परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ।
 
भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए। साथै, गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पुर्‍याएको सहयोगका लागि पनि मन्त्रीले अस्ट्रेलियाली सरकार र नागरिकप्रति धन्यवाद दिएका छन्।
 
त्यस क्रममा मन्त्री बिसपबाट नेपालमा विभिन्न क्षेत्रमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको बारेमा चर्चा गर्दै आगामी दिन थप के कस्ता क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिन्छ भनेर आफूले परामर्श गर्ने प्रतिबद्धता आएको छ।
 
पछिल्ला वर्षहरुमा अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढ्नु र सानो सङ्ख्यामा भए पनि अध्ययन एवम् अनुसन्धान गर्न अस्ट्रेलियाली विद्यार्थी नेपाल जानु पनि जनस्तरको सम्बन्धमा सकारात्मक पाटो भएको मन्त्री बिसपको भनाइ छ।
 
सोही क्रममा मन्त्री डा महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि प्रवेशाज्ञाका लागि नयाँदिल्ली जानुपर्ने भएकाले विद्यार्थीसहित थुप्रै नेपालीलाई समस्या भइरहेको तर्फ ध्यानाकर्षण गर्दै नेपालमै ‘भिसा सेक्सन’ राख्ने व्यवस्थाका लागि आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell