PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​धरौटी बुझाउन नसकी एक वर्षदेखि साउदीको कारागारमा नेपाली युवक



​धरौटी बुझाउन नसकी एक वर्षदेखि साउदीको कारागारमा नेपाली युवक

जनकपुरधाम: वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परी गत एक वर्षदेखि कारागार यातना भोगिरहेका धनुषा जिल्लाका एक युवक अझै कारागारमुक्त हुन सकेका छैनन्। 

पुष्पवलपुर,१ रतनपुरका सञ्जीव यादव साउदी अरेबियाको केन्द्रीय कारागार अलहासामा छन्। पीडित यादवका साथी सञ्जयकुमार यादवका अनुसार गत साता त्यहाँको अदालतले पीडित भारतीय साहिद मोहम्मदिनको सवारी दुर्घटनामा परी मृत्यु भएपछि निजको परिवारको जीवनयापनका लागि बुझाउनुपर्ने धरौटी रकम बुझाउन नसकेका कारण चालक सञ्जीव अझ कारागारमुक्त हुन सकेका छैनन्। 

नेपालको डायना ओभरसिज म्यानपावर कुपन्डोलबाट करिब तीन वर्षअघि राहदानी लिई अरेबियाको ‘मोहम्मद–हल–मोबारक’ कम्पनीमा गएका सञ्जीव करिब दुई वर्षजति काम गर्दा आकस्मिक सवारी दुर्घटनामा पर्दा भारतीय साहिदको मृत्यु भएको थियो। 

अदालतको निर्णयअनुसार सञ्जीवले सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत करिब ९७ हजार रियाल अर्थात् नेपाली करिब २८ लाख धरौटी बुझाउनुपर्ने छ। 

सञ्जयले सञ्जीवको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले सो रकम पीडित पक्षलाई बुझाउन सक्ने अवस्था नदेखिएकाले विभिन्न निकायलाई उनलाई कारागारमुक्त गराउन पहलका लागि आग्रह गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell