PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​तेक्वान्दो खेलाडी दीपक बिष्टद्धारा २५ लाखको खेलकुद सामग्री प्रदान



पहिलोपोस्ट

धनगढी : किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका ९ वटा जिल्लाका खेलाडीहरुलाई करिब २५ लाख नगद बराबरको खेलकुद सामग्री प्रदान गरेका छन्।

उनले चार सय थान तेक्वान्दो ड्रेस, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, १०० थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलकुद विकास समितिका प्रमुख तथा खेलाडीहरुलाई प्रदान गरे।

बिष्टले वल्र्ड तेक्वान्दो फेडरेशनका एडभाईचर चे, चाईल्ड रिच अर्गनाईजर, सुदूरपश्चिम समाज अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, स्पोटर्स युनिभर्स काठमाण्डौं, पर्यटनकर्मी अमर शाही, कृष्ण बहादुर महरा, सञ्जय चौधरी र क्याप्टेन बेद उप्रेतीको सहयोगमा खेलकुद सामग्री वितरण गरिएको बताए।

राखेपका सदस्य सचिव बिष्टले सरकारले सहयोग गर्न नसकेको अवस्थामा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले गरेको सहयोगले खेलकुद सामग्रीको अभाव खेल गतिबिधि र अभ्यास गर्न नपाएका खेलाडीहरुलाई निकै सजिलो हुने विश्वास व्यक्त गरे।
   
बिष्ट सम्मानित
तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलबार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन्।

तेक्वान्दो खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै सार्क स्तरीय खेलमा चार वटा स्वर्ण पदक मुलुकलाई दिलाउन सफल भएवापत सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले ओलम्पियन बिष्टलाई सम्मान गरेको हो।

मंगलबार धनगढीमा आयोजित एक समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले कदर पत्र र दोसल्ला ओढाएर बिष्टलाई सम्मान गरे।

अभाव र विभिन्न बाधा व्यबधानकाबीच सुदूरपश्चिमले दीपक बिष्ट जस्तो खेलाडी जन्माएर देशलाई नै ठूलो गुन लगाएको राखेपका सदस्य सचिव बिष्टले बताए।

राज्यले सुदूरपश्चिलाई बिभेद गरेको बताउदै राखेप सदस्य सचिव बिष्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

उक्त अवसरमा तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्ट र व्यापारी टेक बहादुर बोगटीलाई पनि सम्मान गरिएको थियो ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell