काठमाडौं : नेपाली जनसम्पर्क समिति अमेरिकाको क्यालिफोर्निया च्याप्टर, नेप्जिल एसोसिएसन अफ क्यालिफोर्निया निको फाउण्डेसन अमेरिका र निको फाउण्डेसन नेपालले प्रधानमन्त्री दैवी उद्धारकोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ हस्तारन्तरण गरेका छन्।
प्रधानमन्त्री सुशील कोइरालालाई यी सस्थाहरुको तर्फबाट निको फाण्डेसनका अध्यक्ष विश्व भट्टले आइतबार उक्त रकम बराबरको हस्तान्तरण गरेका हुन्। मानवअधिकारकर्मी सुरेश कुमार भट्टको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।
प्रधानमन्त्री कोइरालाले चेक ग्रहण गर्दै पैसा वास्तविक प्रकोप पीडितको उद्धारमा खर्च गर्ने बताए। उनले नेपालीहरुले गरेको सहयोगका लागि धन्यवाद पनि दिए।
अमेरिकाको क्यालिफोर्नियामा रहेका विभिन्न सस्थाहरुको सहयोगमा रकम संकलन गरिएको थियो। प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्दै भट्टले आगामी दिनमा पनि दैविप्रकोप उद्धारका लागि नेपालीहरुले सहयोग गर्ने बताए। उनले गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकता, राहदानी जस्ता समस्याका विषयमा सरकारको ध्यानाकर्षण गरे। भट्टले आइतबार नेपाली काग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटर जनसम्पर्क समिति अमेरिकाले विगत देखि उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरेका थिए।