PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली फुटबलको ऐतिहासिक दिन : गणेश थापाको उत्तराधिकारी चुन्दै एन्फा, सुरु भयो बन्द सत्र



नेपाली फुटबलको ऐतिहासिक दिन : गणेश थापाको उत्तराधिकारी चुन्दै एन्फा, सुरु भयो बन्द सत्र

काठमाडौं : आज कात्तिक ८ गते नेपाली फुटबलको लागि ऐतिहासिक दिन बन्न सक्छ।  दुई दशकसम्म अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा एकछत्र राज गरेका गणेश थापालाई फिफाले भ्रष्टाचारको मुद्दामा निलम्बन गरेपछि नयाँ नेतृत्व छान्न सोमबार चुनाव हुँदैछ। 

यसैका लागि बबरमहलको कार्की ब्याङ्क्वेटमा एन्फाको १५ औं साधारण सभाको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गरेका छन्। 

उद्घाटन कार्यक्रममा मन्त्रीसहित विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसी, राखेप प्रतिनिधि लगायत एन्फाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 


अध्यक्ष र उपाध्यक्ष पदको लागि निर्वाचन हुनुअघि एन्फाको बन्द सत्र सुरु भएको छ। बन्द सत्रपछि दुई पदको लागि सोमबारै मतदान हुँदैछ। अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र कर्माछिरिङ शेर्पा तथा उपाध्यक्ष पदमा दिपक खाती, मणि कुँवर र उपेन्द्रमान सिंह चुनावी मैदानमा छन्।

फिफाले तत्कालीन अध्यक्ष गणेश भ्रष्टाचार मुद्दामा १० वर्ष फुटबल सम्बन्धी गतिविधिबाट प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद खाली रहेको थियो भने ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि रिक्त रहेको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell