PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

'परदेशीको उम‌ंग' तिहार अघि



'परदेशीको उम‌ंग' तिहार अघि

काठमाडौं: चलचित्र ‘उमंग’ आगामी कात्तिक १२ गतेबाट देशभर सार्वजनिक हुने भएको छ। शिव शर्मा निर्देशित उमंग खाडीमा काम गर्न जानेको अवस्था, नेपालको गरिबी र बेरोजगारी माथी बनेको फिल्म हो।

आइतबार फिल्म रिलिज मिती घोषणा गर्दै शिवले भने ‘उमंग थोरै बजेट तर धेरै रिक्समा बनेको फिल्म हो।’ फिल्मका केहि दृश्यको ला गि प्लेन भित्र हिडन क्यामेरा राखेर, मरभुमिमा अनुमती बिना गएर सुटा गरेको उनले बताए।

उमंगमा नायिका विनिता बरालको अभिनय र निर्माता कुमार जिसीको मुख्य अभिनय रहेको छ। कुमार जिसीको जीवनमा घटेको सत्यघटनामा बनेको भनिएको फिल्ममा दुबईमा फाँसीको सजाय घोषणा भएपछी पनि न्याय पाएर नेपाल फर्किएको युवाको कथा छ।

८० प्रतिशत छायाँकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ।  उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्रमा सीपी पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसी लगायत अन्य कलाकारको पनि अभिनय रहेको छ।

चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायाँकन रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell