PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​'विदेशमा हुने अवार्डमा स्पोन्सर हैन कलाकार लैजाऊ'



स्वेच्छा राउत

​'विदेशमा हुने अवार्डमा स्पोन्सर हैन कलाकार लैजाऊ'

काठमाडौं: आइतबार होटल याक एण्ड यतिमा नेपाल चलचित्र प्राविधिक संघले दुबईमा नवौँ नेफ्टा फिल्म अवार्ड गर्ने घोषणा गर्‍यो। तर घोषणा समारोहमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भने आयोजकमाथि व्यङ्ग कसे। उनले भने - 'प्रायोजक होइन कलाकारहरु अवार्ड कार्यक्रममा लान पर्‍यो।'

राईले विगतमा मुलुक बाहिर हुने गरेका कार्यक्रममा मनोनयनमा परेका कलाकार समेत नलगिएको तर प्रायोजकलाई विदेश घुमाउने काम गरेको आरोप लगाए।


विदेशमा हुने अवार्ड कार्यक्रममा धेरै पक्ष सुधार्न पर्ने उनको तर्क छ। 'कार्यक्रमको मौका उठाएर स्पोन्सरको मान्छे घुम्न जाने प्रवृत्ति रोक्न पर्छ', उनी भन्छन्, 'खाडीका कामदारले पैसा तिरेर टिकट किन्ने पर्दा पछाडिका स्पोन्सर हेर्न होइन नेपाली कलाकार हेर्न हो।'  

राईले चलचित्रकर्मीहरुको अनुशासनमाथि समेत प्रश्न गरे। 'अनुशासन भन्ने कुरा किताबमा पढेर मात्र हुँदैन। यो हरेक क्षेत्र हरेक मान्छेलाई चाहिने कुरा हो।'

राईले खासमा आयोजक र पत्रकारलाई व्यङ्ग्य कसेका थिए। किनकि समारोहको मध्य नहुँदै कार्यक्रमको हल खाली भएको थियो। पत्रकारहरु कलाकार टिप्दै अन्तर्वातामा जुटेका थिए भने कतिपय कलाकार फोटो सेसनमा मस्त थिए।


त्यसो त कार्यक्रम निर्धारित समय भन्दा ढिला सुरु भएकोमा समेत उनी रुष्ट बने। प्रस्तोता दिनेश डिसीले कार्यक्रमको सुरुवातमै बोल्ड स्वर बनाउँदै अवार्ड समारोहलाई 'अनुहारलाई बिक्री गर्नेहरुलाई सम्मान दिने कार्यक्रम' भनेका थिए। सायद राईको दिमागी पारो तताउन उनको बोली पर्याप्त थियो।

काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न कार्यक्रममा मनोनयनमा परेको कलाकारहरु पनि खासै उपस्थित भएनन्। नायक भुवन केसी, पुजा शर्मा, सुदर्शन थापा, बेनिशा हमाल, निर्देशक दिनेश राउत, डाक्टर कृष्णहरि बराल भने उपस्थित थिए।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell