PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थिमिको सुकुम्बासी टोलबाट हतियारसहित पालुङ्वा पक्राउ



थिमिको सुकुम्बासी टोलबाट हतियारसहित पालुङ्वा पक्राउ

काठमाडौँ : प्रहरीले मंगोल मूलवासी राष्ट्रिय फोर्सका सदस्यलाई हतियारसहित पक्राउ गरेको छ।  

पाँचथर पंचमी गाविस ३ घर भई हाल भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका बस्दै आएका ४३ वर्षीय सचिन्द्र पालुङवालाई पक्राउ गरेको हो। उनी बस्ने थिमि नगरपालीका १६ सुकम्बासी टोलमा रहेको उनको कोठाबाट २ थान कटुवा पेस्तोल, गन्धकका ७ लोला, खुकुरी, चक्कु, झन्डा र तार एक-एक थान बरामद गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

उनलाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell