PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस बैठक : प्रोपोगाण्डा भण्डाफोर गर्दै महाअभियोग प्रस्तावमा समर्थनको तयारी



रमेश वाग्ले

कांग्रेस बैठक : प्रोपोगाण्डा भण्डाफोर गर्दै महाअभियोग प्रस्तावमा समर्थनको तयारी

काठमाडौ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लागउने विषयमा एमाले-माओवादीको प्रोपोगाण्डाको भण्डाफोर गर्दै प्रस्तावमा समर्थन गर्ने विषयमा छलफल भएको छ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार र आइतबार स्थगित भई आज तेस्रो दिन कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा सुरु भएको छ।
 
'महाअभियोग लगाउने विषयमा एक तिहाई भन्दा बढी हिस्सा रहेको कांग्रेससँग परामर्श नगर्नुमा महाअभियोग लगाउने भन्दा पनि प्रोपोगाण्डा मात्र मच्चाउने रणनीति देखिन्छ,' केन्द्रीय सदस्य बद्री पाण्डेले भने, 'तर एउटा व्यक्तिको लागि सिंगो पार्टी सति जान सक्दैन, प्रोपोगाण्डाको समीक्षा गर्दै महाअभियोग प्रस्तावका पक्षमा उभिन्छ।'

उनले राजनीतिक रुपमा एमालेलाई पनि पाठ सिकाउन आवश्यक भन्दै लोकमान शीर्षकमा कांग्रेसलाई बदनाम गर्न सकिन्छ कि भन्ने प्रयत्न एमालेले गरेको देखिएको बताए। लोकमान जस्तै नभएर अर्को व्यक्ति अख्तियार प्रमुख नभएको भए एमालेको प्रोपोगाण्डा असफल मात्र नभएर उसलाई नङ्ग्याउन सकिने अवस्था भए पनि एमालेको रिस फेर्न लोकमानलाई जोगाउन नसकिने तर्क उनले राखे।
 
गत बिहीबार सुरु नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विगतमै तय भएका एजेण्डा – संविधान संशोधन, स्थानीय तहको क्षेत्र निर्धारण र स्थानीय चुनाव, पार्टी संगठनको अवस्था र विविध रहे पनि बुधबार अख्तियार प्रमुखविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकाले बहस त्यसकै पक्ष र विपक्षमा केन्द्रित छ।

धेरै केन्द्रीय सदस्यहरुले केही पार्टीले प्रोपोगाण्डाका लागि ल्याएको प्रस्तावमा समर्थन नगर्दा राम्रो सन्देश नजाने भए पनि उनीहरुलाई राजनीतिक पाठ सिकाउन जरुरी भएको बताए।

बिहीबार सुरु भएको बैठकमा शुक्रबारसम्म २४ जना केन्द्रीय सदस्यले मात्र आफ्नो धारणा राखेका थिए।
 
यसअघिका बैठकमा धेरैजसोले लोकमानले अख्तियार दुरुपयोग रोक्नेमा भन्दा अख्तियार प्रमुखको कुर्सीबाट अख्तियारको दुरुपयोग गर्न र अख्तियार नियन्त्रणका लागि पाएको अख्तियार अरुलाई थर्काउन र व्यक्तिगत स्वर्थ तथा स्वार्थ समुहको हितका लागि दुरुपयोग गरेको भन्दै उनलाई हटाउनु आवस्यक भएको बताएका छन्।

उनीहरुले गलत व्यक्तिलाई हटाउन आवश्यक भए पनि एमाले र माओवादी केन्द्रले राजनीतिक अविश्वास बढाउने गरी अप्रत्यासित रुपमा महाअभियोग परस्ताव दर्ता गरेकाले त्यसको धरातल र परिणामबारेको आकलन गरेर मात्र समर्थन वा विरोधको निर्णयमा पुग्नुपर्ने बताएका छन्।  

आजको बैठकमा बोल्नका लागि ४० केन्द्रीय सदस्यले नाम लेखाइसकेका छन् भने थप नाम आउन सक्ने मुख्यसचिव पौडेलले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell